नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको अध्यक्षमा अनुप नेपाल निर्वाचित - www.pardafas.com
Source: pfds
नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) को अध्यक्षमा अनुप नेपाल निर्वाचित भएका छन्। एक्यानको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका नेपाल विजयी भएका हुन् । उनले कुल ९२६ मत ल्याएका छन्। कागजी गणनामा १७३ मत र मेसिन गणनामा ७५३ मत प्राप्त गरेका छन् । यता बद्री गुरागाईंको भने कुल ८५३ मत आएको थियो। उनले कागजी गणनामा १२३ मत र मेसिन गणनामा ७३५ मत प्राप्त गरेका थिए। अध्यक्ष पदमा सिए अनुप नेपाल र बद्री गुरागाईं दुबै जनाले उम्मेदवारी दिएका थिए। गुरागाईं यसअघिको निर्वाचनमा सिए आनन्द राज शर्मा वाग्लेसँग पराजित भएका थिए भने अनुप नेपाल यसअघि निर्विरोध निर्वाचित भएका उपाध्यक्ष हुन् ।