भृकुटीमण्डपमा एमाले महाधिवेशन चलिरहँदा बालकोटमा पार्टी छोड्नेहरूको लर्को - www.sutranews.com
Source: sutr
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन भृकुटीमण्डपमा नयाँ नेतृत्व चयन गरिरहेको बेला भक्तपुरको बालकोट–२ क्षेत्रका दर्जनौं नेता तथा कार्यकर्ताले पार्टी छोड्दै नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। एमाले छाडेका मध्ये बालकोटका वडा २ का अध्यक्षका उम्मेदवार रवि श्रेष्ठ, नेपाल–कोरिया मैत्री अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डिके रोसन, सूर्यविनायक क्षेत्रका नेता–कार्यकर्ताहरू ईश्वर सिलवाल, हरि बास्कोटा, भाइकृष्ण श्रेष्ठ, अमृत सिलवाल, कृष्ण सिलवाल, विकास खत्री, दीपक खत्री, ध्रुर्व केसी, रुकुश वेकाजु, सुदिप प्रजा, कृष्णशरण लामिछानेलगायत रहेका छन्। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नवप्रवेशी नेताहरूलाई टीका र खादा लगाएर पार्टीमा औपचारिक स्वागत गरे।