क्यापकटलाई चुनौती दिन इन्स्टाग्रामको नयाँ चाल, ‘एडिट्स’ एपमार्फत बनाइएका भिडिओलाई बढी रिच - techpana.com
Source: tcpn
काठमाडौँ । इन्स्टाग्रामले आफ्नो नयाँ भिडिओ एडिटिङ एप ‘एडिट्स’ (Edits) लाई प्रवर्द्धन गर्न विशेष रणनीति अपनाएको छ । कम्पनीले अब ‘एडिट्स’ एप प्रयोग गरेर बनाइएका भिडिओलाई आफ्नो प्लेटफर्ममा तुलनात्मक रूपमा बढी ‘रिच’ (पहुँच) दिने भएको हो । यो कदम भिडिओ एडिटिङ बजारमा बढी प्रयोग हुने ‘क्यापकट’ जस्ता एपलाई टक्कर दिने उद्देश्यले चालिएको मानिएको छ । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले हालै एक भिडिओ सन्देशमार्फत यो जानकारी दिएका हुन् । उनका अनुसार यो सुविधा प्रयोगकर्तालाई नयाँ एपतर्फ आक...