Redirecting...

सोलु हाइड्रोलाई आईपीओ जारी गर्न धितोपत्र बोर्डको अनुमति - arthasarokar.com

सोलु हाइड्रोलाई आईपीओ जारी गर्न धितोपत्र बोर्डको अनुमति - arthasarokar.com
Source: aths

काठमाडौँ । सोलु हाइड्रोपावरले प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अनुमति दिएको हो । कम्पनीलाई प्रतिकित्ता एक सय रुपैयाँका दरले दुई करोड कित्ता सेयर निष्कासनको अनुमति दिइएको धितोपत्र बोर्डले जनाएको छ । आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट र हिमालयन क्यापिटल रहेका छन् ।