Redirecting...

मेटाले ईयूका प्रयोगकर्तालाई व्यक्तिगत विज्ञापनबारे छान्ने स्पष्ट अधिकार दिने - www.technologykhabar.com

मेटाले ईयूका प्रयोगकर्तालाई व्यक्तिगत विज्ञापनबारे छान्ने स्पष्ट अधिकार दिने - www.technologykhabar.com
Source: tckb

मेटाले यूरोपियन यूनियनका प्रयोगकर्तालाई व्यक्तिगत विज्ञापनबारे छान्ने स्पष्ट अधिकार दिने प्रतिबद्धता जनाएको छ। यसबारे युरोपेली नियोगले सोमबार जनाएको छ। यो कदम ईयूको डिजिटल मार्केट्स एक्ट अनुसार चालिएको कम्पनीले जनाएको छ। आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मेटाले प्रयोगकर्तालाई आफ्नो सबै डाटा सेयर गरेर पूर्णरूपमा व्यक्तिगत विज्ञापन हेर्न सहमति जनाउने वा कम व्यक्तिगत डाटा सेयर गरेर सीमित व्यक्तिगत विज्ञापन देखिने अनुभव बीच छान्ने प्रभावकारी विकल्प उपलब्ध गराउनेछ।” मेटाले यी नयाँ विकल्पहरू आगामी वर्ष जनवरीदेखि ईयूका प्रयोगकर्तालाई देखाउने रोयटर्सले उल्लेख गरेको छ। यूरोपेली नियोगले जुन महिनामा मेटालाई सम्भावित दैनिक जरिवानाबारे चेतावनी दिएको थियो। मेटाले ईयूको डिजिटल मार्केट्स एक्ट पालना गर्न आफ्नो पे -अर-कन्सेन्ट मोडेलमा सीमित परिवर्तन मात्र गर्ने बताएको थियो। फेसबुकको मालिक कम्पनीलाई यसअघि एप्रिलमा २०० मिलियन यूरो (२३४ मिलियन डलर) जरिवाना गरिएको थियो। ईयूको प्रतिष्पर्धा नियामकले यो मोडेल नोभेम्बर २०२३ देखि नोभेम्बर २०२४ को अवधिसम्म डिजिटल मार्केट्स एक्ट उल्लङ्घन गरेको ठहर गरेको थियो। The post मेटाले ईयूका प्रयोगकर्तालाई व्यक्तिगत विज्ञापनबारे छान्ने स्पष्ट अधिकार दिने appeared first on Technology Khabar.