सन् २०३० सम्ममा वार्षिक पर्यटक सङ्ख्या १६ लाख पुग्ने अनुमान - ujyaaloonline.com
Source: unn
काठमाण्डाै – सरकारले सन् २०३० सम्ममा वार्षिक नेपाल घुम्न आउने पर्यटककाे सङ्ख्या १६ लाख हाराहारीमा पुग्ने अनुमान गरेको छ । पछिल्लो सयम पर्यटकको आवागमनमा उल्लेख्य वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीहरूले यस्तो अनुमान गरेका हुन् । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यस वर्षको जुलाईमा मात्रै ७० हजारभन्दा धेरै पर्यटककाे आवागमन भएको छ । यो सङ्ख्या अघिल्लो वर्षको जुलाईमा भन्दा बढेको हो । जुलाईमा सबैभन्दा धेरै भारतबाट २७ हजार १५२ जना अर्थात् ३८ दशमलव ७ प्रतिशत पर्यटक आएका छन् । यस्तै ची...