Redirecting...

कांग्रेस केन्द्रीय कार्यालयमै निधिमाथि दुर्व्यवहार : रामहरिद्वारा घोर भर्त्सना - nagariknews.nagariknetwork.com

कांग्रेस केन्द्रीय कार्यालयमै निधिमाथि दुर्व्यवहार : रामहरिद्वारा घोर भर्त्सना - nagariknews.nagariknetwork.com
Source: ngrk

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिमाथि दुर्व्यवहार भएको भन्दै अर्का नेता रामहरि खतिवडाले आपत्ति जनाएका छन्।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज (मंगलबार) नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा नेता बिमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारको घोर भर्त्सना गर्दछु।’उनले अगाडि लेखेका छन्, ‘हामी सबैले पुरानो पुस्ताको सम्मान र नयाँ पुस्तालाई राजनीतिक दलमा आकर्षण गर्नुपर्ने हुन्छ। अरूको अपमान गर्दै गर्दा आफ्नो सम्मान हुँदैन।’मंगलबार पार्टीको केन्द्रीय कार्यालयमा विशेष महाधिवेशन पक्षधर भीडले निधिमाथि दुर्व्यवहार गरेपछि अवस्था केही समय तनावग्रस्त बनेको थियो।उनले लेखेका छन्, आज नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा नेता बिमलेन्द्र निधि माथि भएको दुर्व्यवहारको घोर भर्त्सना गर्दछु lहामी सबैले पुरानो पुस्ताको सम्मान र नयाँ पुस्तालाई राजनीतिक दलमा आकर्षण गर्नुपर्ने हुन्छ lअरूको अपमान गर्दै गर्दा आफ्नो सम्मान हुन्न।