Redirecting...

एसएमसी मोबाइल एपबाट हजारौँ नेपालीको करोडौँ ठगी - www.nimjn.org

एसएमसी मोबाइल एपबाट हजारौँ नेपालीको करोडौँ ठगी - www.nimjn.org
Source: nimj

एसएमसी नामको मोबाइल एपबाट हजारौं नेपालीको करोडौँ रुपैयाँ ठगी भएको छ । ठगीमा परेको भन्दै साइबर ब्युरोमा अहिलेसम्म २ सय ५५ वटा सामूहिक उजुरी परेको छ । एउटै उजुरीमा परिवारका एकभन्दा धेरै जोडिएकाले उजुरी गर्नेको संख्या ६ सय जनाभन्दा धेरै छ । उजुरीका आधारमा १२ करोड ८ लाख रुपैयाँभन्दा धेरै ठगी भएको साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए । एसएमसी एपमा ७० हजारभन्दा बढी नागरिक जोडिएको पाइएकाले ठगीमा पर्ने र ठगिएको रकम अझै धेरै हुने अनुमान छ । नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म (निमजिन) ले डेढ महिनादेखि गरिरहेको खोजका क्रममा यो एपबाट पूर्वमेचीदेखि महाकालीसम्मका मात्र नभई विदेशमा रहेका नेपालीसमेत ठगीमा परेको पाइएको छ ।