Redirecting...

जेनजी प्रदर्शनको क्रममा आगजानी-तोडफोड गर्नेलाई कारबाही गर्न निजी क्षेत्रको माग - www.onlinepana.com

जेनजी प्रदर्शनको क्रममा आगजानी-तोडफोड गर्नेलाई कारबाही गर्न निजी क्षेत्रको माग - www.onlinepana.com
Source: onpa

निजी क्षेत्रका छातासंगठनहरूले भदौ २४ मा आगजानी तथा तोडफोड गर्नेलाई यथासक्य कारबाही गर्न सरकारसँग माग गरेका छन्।सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर यस्तो माग गरेका हुन्।जेनजी प्रदर्शनको क्रममा भएको घुसपैठ, लुटपाट तथा आगजनीमा संलग्नमाथि कारबाही हुनुपर्ने उनीहरूले बताएका छन्।कारबाही हुन सकेन भने निजी क्षेत्र थप निरुत्साहित हुने हुँदा तत्काल कानुनी कारवाही गर्न उनीहरूले अर्थमन्त्रीसँग माग गरेका हुन्।तीन संस्थाले निकालेको संयुक्त विज्ञप्तिमा निजी क्षेत्र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्ने कार्यमा निरन्तर क्रियाशील रहने बताइएको छ।उनीहरूले उद्यमी र व्यवसायीले निर्वाध रूपमा काम गर्न पाउने वातावरण बनाउनु पर्ने उल्लेख गरेका छन्।सम्भव भएसम्म सरकारले निजी क्षेत्रको माग तत्काल सम्बोधन गरिरहेको हुँदा निजी क्षेत्रले पनि इमान्दारितापूर्वक व्यवसायिक आचारसंहिता अनुसार व्यवसाय गर्नुपर्ने अध्यक्षहरूले उद्यमी र व्यवसायीहरूलाई आग्रह गरेका छन्।वर्तमान सरकारको मुख्य लक्ष्य निर्वाचन भए पनि सुधारको आधार तयार पार्ने अवसर पनि भएको उनीहरूले बताए।उनीहरूले लगानी र अन्य स्रोत आकर्षित गर्न निजी क्षेत्रको अगुवाइ वा संलग्नतामा बहुपक्षीय वित्त सम्मेलन आयोजना गर्न सुझाव दिएका छन्।भेटमा अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर लागिपरेको बताए। The post जेनजी प्रदर्शनको क्रममा आगजानी-तोडफोड गर्नेलाई कारबाही गर्न निजी क्षेत्रको माग appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).