नागढुङ्गा सुरुङमार्गमा यात्रागर्दा कति लाग्नेछ शुल्क? यस्तो छ सरकारले तोकेको दस्तुर - www.pardafas.com
सरकारले सन् २०२६ को जनवरी १ देखि संचालनको तयारी थालेको नागढुङ्गा सुरुङमार्गमा यात्रागर्दा लाग्ने दस्तुरको दररेट निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले काठमाडौं आउँदा र काठमाडौंबाट बाहिरीदाका लागि फरक फरक दस्तुर लगाउने भएको हो । सरकारले कार, मिनी बस, बस र ट्रकका लागि फरक दस्तुर तोकेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार नागढुङ्गा सुरुङमार्ग उपभोग दस्तुर कार र भ्यानहरूको काठमाडौं आउँदा रु ६५ र जाँदा रु ६० तोकिएको छ । यस्तै मिनी बस र ट्रकको काठमाडौं आउँदा रु ११५ र जाँदा ्र रु८०, बस र ट्रकको काठमाडौं आउँदा रु २६० र जाँदा रु२०० तोकिएको हो । यस्तै भारी उपकरण बोकेका सवारीसाधनले काठमाडौं आउँदा रु ६०० र जाँदा रु २५० दस्तुर तिर्नुपर्नेछ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले केही समयअघि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गरेका थिए । उनले मन्त्रालयका सचिवसहितका उच्चस्तरीय अधिकारीसँगै मन्त्री दाहालले निर्मार्णाधिन सुरुङमार्गको अनुगमन तथा निरीक्षण गरेका हुन्। सो अवसरका सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग नेपालको गौरवको विषय भएको बताए। उनले लामो समयको प्रतिक्षापछि सञ्चालनमा आउने तयारीमा रहेको सुरुङमार्गको सब–अपरेशनको काम अगामी कात्तिक ७ गतेदेखि सुरु गरिने उल्लेख गरे। मन्त्री दाहालले अगामी वर्ष सन् २०२६ को जनवरी १ देखि सुरुङमार्गलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिएका थिए ।