सशस्त्र प्रहरीको दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार - www.pardafas.com
Source: pfds
ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. २१ दक्षिणकाली गणलाई ‘ललितपुर महानगर गौरव पुरस्कार’द्वारा सम्मान गरिएको छ । बुधबार प्रधानमन्त्री सुशीला कार्कीले महानगरपालिकाको प्राङ्गणमा भएको महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा गणलाई उक्त पुरस्कार प्रदान गरेकी हुन् । विपद् व्यवस्थापन तथा उद्धार कार्यहरुमा गणले पुर्याएको योगदानको कदर स्वरुप महानगरपालिकाले १ लाख नगदसहित गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश लामिछानेलाई सम्मानपत्र प्रदान गरेको हो ।कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, सोही महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत स्थानीय भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।