साइबर सुरक्षासम्बन्धी छलफल थाल्दै गृहमन्त्री अर्याल - www.onlinepana.com
काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले साइबर सुरक्षाबारे सम्बन्ध निकायका प्रमुख तथा पदाधिकारीबीच छलफल गरेका छन् ।आइतबार गृहमन्त्रालयमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल प्रहरीको साइबर व्यूरो, तथा प्रेस काउन्सिलका प्रमुख तथा पदाधिकारीहरुबीच साइबर अपराध तथा यसको अनुशन्धान र आगामी निर्वाचनमा यसको सहि प्रयोग र अनुगमनका लागि गृह मन्त्रालयबाट गरिनु पर्ने साथ र सहयोगमा मन्त्रालय कटिवद्ध रहेको गृहमन्त्री ओम प्रकाश अर्यालले बताए ।आसन्न निर्वाचनमा केन्द्रित रही प्रविधिको दूरुपयोगबाट हुन सक्ने हानी नोक्सानीबाट बच्न र यसबाट लिन सकिने लाभबारे गृहमन्त्री अर्यालले दूरसञ्चार निकायका प्रमुखहरुलाई सचेत रहनसमेत उनले आग्रह गेका छन् । The post साइबर सुरक्षासम्बन्धी छलफल थाल्दै गृहमन्त्री अर्याल appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).