ठूला कर्पोरेट हाउसका सञ्चालकहरुले श्रमिकको अधिकार खोसे : अध्यक्ष सिम्खडा - www.lokpath.com
Source: LKPT
काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)का अध्यक्ष जगतबहादुर सिम्खडाले ठुला कर्पोरेट हाउस तथा मल्टीनेशनल कम्पनीहरूले श्रमिक शोषण गरिरहेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कर्पोरेट हाउस र मल्टीनेशनल कम्पनीहरू श्रमिकलाई अधिकार दिन नमान्ने गरेको दाबी गरे । श्रमिकलाई अधिकार दिनुपर्ने बाध्यताबाट बच्न पछिल्लो समय स्थायी श्रमिक हटाएर अस्थायी श्रमिकमार्फत […]