एमाले महाधिवेशन : प्रतिनिधि भेरिफिकेसन ७० प्रतिशत सकियो, तीन जिल्लाका उजुरीमा छानबिन जारी - farakdhar.com
Source: FRDH
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सूची परिमार्जनको काम अन्तिम चरणमा पुगेको छ । पार्टी केन्द्रीय कार्यालयमा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल नेतृत्वको टोली लगातार प्रतिनिधि विवरण पुष्टि गर्दै अघि बढिरहेको छ । अधिकारीका अनुसार आगामी महाधिवेशनमा कुल २ हजार ६ सय १३ जना सहभागी हुने अनुमान छ । तीमध्ये २ हजार १ सय ५४ जना विभिन्न तहबाट निर्वाचित भएर आउने प्रतिनिधि हुनेछन् । केन्द्रबाट मनोनयन हुने १ सय ८ जनासहित प्रतिनिधिको कुल संख्या २ हजार २ सय ६२ पुग्ने...