आफ्नो पालिकाले नेपालका सबै पालिकाहरूभन्दा उत्कृष्ट काम गरेको चिरिबाबु महर्जनकाे दाबी - www.onlinepana.com
ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो महानगरपालिकाले नेपालका सबै नगरपालिकाहरूभन्दा उत्कृष्ट काम गरेको दाबी गरेका छन्। २२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ को अवसरमा शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।मेयर महर्जनले आफूले बोलेका सबै कुरा पूरा गरेको जिकिर गर्दै, बोलेका कुराहरू पूरा हुने गरी काम गरेको उल्लेख गरे। उनले राम्रो काम गरेका कारण नै आफ्नो महानगरपालिकाले प्रत्येक वर्ष दुई-तीनवटाभन्दा बढी राष्ट्रिय स्तरको पुरस्कार पाउने गरेको बताए।पुरस्कार प्राप्त गर्नुको श्रेय मातहतका निकायलाई दिँदै मेयर महर्जनले आभार व्यक्त गरे। उनले भने, “हामीले गरेका कामको स्तरको निर्धारण हामी आफैँले गरेको होइन। तर आम नेपाली दाजुभाइ दिदीबहिनीहरू चाहे त्यो पूर्व मेचीको किन नहोस्, चाहे त्यो पश्चिम महाकाली किन नहोस्। ललितपुर महानगरपालिका भन्नसाथ साह्रै राम्रो काम गर्ने पालिका हो भनेर सब का सब चिनिन्छ।”स्वास्थ्य क्षेत्रमा काम गरेकोमा उनले स्वयंसेविकाहरूलाई क्रेडिट दिँदै भने, “हामी चुनावमा जितेर आएका व्यक्तिहरू स्वास्थ्य क्षेत्रमा हाम्रो विज्ञता छैन। The post आफ्नो पालिकाले नेपालका सबै पालिकाहरूभन्दा उत्कृष्ट काम गरेको चिरिबाबु महर्जनकाे दाबी appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).