Redirecting...

पश्चिम नेपालमा भारी वर्षा, सबैभन्दा बढी दाङमा - nagariknews.nagariknetwork.com

पश्चिम नेपालमा भारी वर्षा, सबैभन्दा बढी दाङमा - nagariknews.nagariknetwork.com
Source: ngrk

पश्चिम नेपालका तीन प्रदेशमा २४ घण्टामा भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले दिएको पछिल्लो विवरणअनुसार बाँके, बर्दिया, दाङ लगायतका केही स्थानमा पानीको मात्रा चेतावनी तह पार गरेको छ।सबैभन्दा बढी वर्षा दाङको जलकुण्डमा मापन गरिएको छ । जहाँ २४ घण्टामा २४८.२ मिलिमिटर पानी परेको देखिएको छ । त्यस्तै सिक्टामा २११.८ मिलीमिटिर, अम्बापुरमा २०७.२ मिलिमिटर, पश्चिम राप्तीको कुसुम रेनफाल स्टेसनमा १८०.४ मिलिमिटर, मानपुरमा १६९.२ मिलिमिटर र गंगदीमा १४४.२ मिलिमिटर वर्षा मापन गरिएको छ ।यसैगरी अन्य धेरै स्थानमा पनि उल्लेखनीय वर्षा भएको छ तर ती स्थानहरू चेतावनी स्तर तल छन् । उदाहरणका लागि रोल्पाको रुलबाङमा ५०.६ मिलिमिटर, प्यूठानको मारीमा ५८.४ मिलिमिटर र कैलालीको अत्तरियामा ९४.८ मिलिमिटर पानी परेको छ । तर, सतर्कता भने अपनाउन स्थानीय प्रशासनले अपिल गरेका छन् । बाढी पूर्वानुमान महाशाखाले यस्ता वर्षाका कारण नदीको बहाव बढ्ने, जमिन कटान, बस्तीमा पानी पस्ने, यातायातमा अवरोध तथा खेती बालीमा क्षति हुन सक्ने जोखिम रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।खास गरी दाङ, बाँके र बर्दियाका नदी किनार क्षेत्र, खोला तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था गर्न आग्रह गरिएको छ ।त्यस्तै बाँके जिल्लास्थित राप्तीसोनारी जल मापन केन्द्रले पश्चिम राप्ती नदीको जल सतहले सतर्कता तह पार गरेको जनाएको छ । विभागका अनुसार नदीको पानीको सतह निरन्तर बढ्दो क्रममा छ, जसले गर्दा तटीय क्षेत्र र डुबान हुने होचा भू–भागमा जोखिम थपिएको छ । पछिल्लो समय राप्ती नदीमा चेतावनीको स्तर पार गरेको थियो ।जल तथा मौसम विज्ञान विभागले डुबानको जोखिमलाई ध्यानमा राख्दै ती क्षेत्रका स्थानीयवासीलाई दिउँसोभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विशेष गरी तटीय बस्ती, खेतबारी र पहिले प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा जान विभागले अनुरोध गरेको छ । विभागका अनुसार पानीको बहाव अझै केही समय बढ्न सक्ने अनुमान गरिएको छ । वर्षा निरन्तर भएमा जल सतह थप माथि जान सक्ने सम्भावना छ । स्थानीय प्रशासन, सुरक्षा निकाय र विपद् व्यवस्थापन संयन्त्रलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ । साथै, नागरिकलाई अफवाहमा नपरी आधिकारिक स्रोतबाट प्राप्त जानकारी मात्र पछ्याउन विभागले अनुरोध गरेको छ ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई जिल्लाका केही स्थान डुबानमा परेका छन् भने, हिमाली तथा पहाडी जिल्लामा बाढी र पहिरोको जोखिम बढेको देखिएको छ । लगातारको वर्षाका कारण केही राजमार्ग र स्थानीय सडकहरू अवरुद्ध भएका छन् । सडकमाथिबाट पहिरो झरेको र सडकमुनि भू–क्षय भएर खाल्डाखुल्डी भएको कारण यातायात प्रभावित भएको छ । पहाडका धेरै ठाउँमा सडक समेत भासिएको छ ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका तराई भूभागका नदी तथा खोलाहरूमा पानीको बहाव बढेको छ, जसका कारण खेतबारी र बस्ती जलमग्न भएका छन् । त्यस्तै कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक गगने खोलामा मंगलबार दिउँसोदेखि खसेको पहिरोले सडक पुनः अवरुद्ध भएको थियो । दिउसो एकतर्फी मात्र सञ्चालनमा आएको छ । सुर्खेतको गुर्भाकोट–१ मा अविरल वर्षाले दालमाया बुढाको तीन तले कच्ची घर भत्किएको छ । चार जनाको परिवारलाई प्रहरी टोलीले उद्धार गरी माइतीघरमा सुरक्षित राखिएको छ ।पाल्पाको बर्तुङ–तानसेन–रिडी सडक एकतर्फी सञ्चालनमा आएको छ भने गुल्मीमा काली गण्डकी कोरिडोर, रिडी–खज्र्याङ र रुद्रवेणी–वामी सडक खण्ड अवरुद्ध छन् । प्रहरीका अनुसार लगातारको वर्षाले पहिरोको जोखिम बढेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरिएको छ । सल्यानको राप्ती राजमार्ग चोरखोला आसपास पनि पहिरोले अवरुद्ध भएको छ भने डोजरमार्फत हटाउने प्रयास भइरहेको छ । यसैबिच बबई नदीको जलस्तर ६.८७ मिटर पुगेको छ । खतरा बिन्दु नजिक पुगेपछि गुलरिया, बारबर्दिया, ठाकुरद्वारा, मधुवन लगायतका तटीय क्षेत्रमा साइरन बजाइएको छ । स्थानीय प्रशासनले सुरक्षित रहन आग्रह गरेको छ।चेतावनी तहमा रहेका स्थानजलकुण्ड, दाङ: २४८.२ मिलिमिटरसिक्टा, बाँके: २११.८ मिलिमिटरअम्बापुर, दाङ: २०७.२ मिलिमिटरकुसुम, बाँके: १८०.४ मिलिमिटरमानपुर, बर्दिया: १६९.२ मिलिमिटरगंगदी, दाङ: १४४.२ मिलिमिटर