भारत भ्रमणमा मेस्सी : महँगो तस्बिर, छोटो उपस्थिति - farakdhar.com
Source: FRDH
विश्वचर्चित अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी यतिबेला भारत भ्रमणमा छन् । उनी १४ वर्षपछि भारत आएका हुन् । मेस्सीलाई खेलकुद प्रवर्द्धक तथा कार्यक्रम आयोजक सतद्रु दत्तले भारत भ्रमणमा ल्याएका हुन् । ‘द गोट टुर इण्डिया २०२५’ अन्तर्गत तीन दिने भारत भ्रमणमा रहेका मेस्सीले कोलकाता, हैदराबाद र मुम्बईपछि सोमबार दिल्ली शहरमा भ्रमण गरेका छन् । मेस्सीसँगै लुइस सुआरेज र रोड्रिगो डी पाल पनि यही भ्रमणमा छन् । उनीहरू १३ डिसेम्बरमा भारत आएका हुन् । मेस्सीको स्वागतमा पूरा कोलकाता सहर झुमिएको थियो । यति मात्रै होइन स्वागतमा उनको...