पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, आठजना घाइते - farakdhar.com
Source: FRDH
पाल्पामा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा थप आठजना घाइते भएका छन् । मृतक तीनैजना महिला हुन् । पाल्पाका जिल्ला प्रहरी प्रवक्ता डिएसपी होमप्रकाश चौधरीका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ । अरुणखोलाबाट पाल्पाको रामपुर तर्फ जाँदै गरेको लेकबेसी यातायातको लु १ ज ३९०८ नम्बरको जिप मित्याल अरुणखोला सडक अन्तर्गत निस्दी गाउँपालिका–४ मित्याल चिउरेबासको घुम्ती नजिक बाट करिब ६०० मिटर तल खसेको थियो । घाइते आठ जनालाई उद्धार पछि अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ...