Redirecting...

विश्‍व घटना : अर्जेन्टिनाकी उपराष्‍ट्रपतिलाई ६ वर्ष जेल - www.nepaliheadline.com

विश्‍व घटना : अर्जेन्टिनाकी उपराष्‍ट्रपतिलाई ६ वर्ष जेल - www.nepaliheadline.com
Source: nplh

काठमाडौं- आज ६ डिसेम्बर। विश्‍व इतिहासका विभिन्‍न घटनाका कारण आजको दिनलाई स्मरण गरिन्छ। प्रस्तुत छ, केही प्रमुख घटनाको सारसंक्षेप। – सन् १९७७- बोपुथात्स्वानालाई दक्षिण अफ्रिकाले दियो स्वतन्त्रता सन् १९७७ मा आजकै दिन दक्षिण अफ्रिकाले बोपुथात्स्वाना नामक मुलुकलाई स्वतन्त्रता दिएको थियो। तर, उक्त मुलुकलाई दक्षिण अफ्रिकाबाहेक कुनै देशले स्वतन्त्र राष्‍ट्रको दर्जा दिएनन्। एकपछि अर्को सैन्य ‘कु’का कारण त्यसले स्थिरता पनि पाउन सकेन। र, सन् १९९४ मा यो मुलुक दक्षिण अफ्रिकामै विलय भयो। – सन् १९६७- विश्‍वको पहिलो बाल मुटु प्रत्यारोपण दक्षिण अफ्रिकामा विश्‍वमै पहिलोपटक हृदय प्रत्यारोपण गर्न सफलता मिलेको तीन दिनपछि आजकै दिन अमेरिकामा एड्रियन कान्ट्रोविच र उनको सर्जन टोलीले ब्रुकलिनस्थित मेमोनाइड्स मेडिकल सेन्टरमा पहिलोपटक बाल हृदय प्रत्यारोपणमा सफलता पाएको थियो। – सन् १९२२- आइरिस फ्रि स्टेट स्थापना सन् १९२१ मा ब्रिटिस र आइरिस प्रतिनिधिहरूबीच हस्ताक्षर भएको एंग्लो-आइरिस सन्धिले ब्रिटिस डोमिनेसमा आयरल्यान्ड स्थापनाको बाटो खुलेको थियो। यो राज्य सन् १९३७ सम्म चलेको थियो। – सन् १९१७- रुसी साम्राज्यबाट फिनल्यान्ड मुक्त सन् १९१७ मा आजकै दिन फिनल्यान्ड तत्कालीन रुसी साम्राज्यबाट स्वतन्त्र भएको थियो। सन् १८०९ मा फिनल्यान्ड रुसी साम्राज्यको अधिनमा पुगेको थियो। त्यसको १०८ वर्षपछि फिनल्यान्ड स्वतन्त्र बनेको थियो। रुसमा अक्टोबर क्रान्तिपछि सोभियत संघ निर्माण भएकै दिन फिनिस संसदले स्वतन्त्रता घोषणा गरेको थियो। – सन् १८६५- अमेरिकामा दासत्वको अन्त्य अमेरिकी संविधानको १३औं संशोधनमार्फत आजकै दिन दासत्वको अन्त्य गरिएको थियो। सोही दिन सम्पूर्ण प्रकारको दासत्व अन्त्य हुने घोषणा गरिएको थियो। – सन् २००६- मंगल ग्रहमा पानी रहेको संकेत सन् २००६ मा आजकै दिन अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले केही तस्बिर सार्वजनिक गरेको थियो। ‘मार्स ग्लोबल सर्भेयर’ले खिचेका तस्बिरहरूमा मंगल ग्रहमा पानी रहेको संकेत प्राप्त भएको थियो। – सन् १९९२- अयोध्याको बाबरी मस्जिद ध्वस्त सन् १९९२ मा आजकै दिन भारत अयोध्यास्थित बाबरी बस्जिद हिन्दू अतिवादी समूहले ध्वस्त बनाएका थिए। त्यसका कारण भारतभर हिन्दू-मुस्लिम दंगा फैलिएको थियो। – सन् २०१२- फिलिपिन्समा समुद्री आँधीले लियो ४१८ को ज्यान सन् २०१२ मा आजकै दिन फिलिपिन्समा आएको समुद्री आँधीले ४१८ जनाको ज्यान लिएको थियो। घटनामा ३१८ जना बेपत्ता भएका थिए। यस्तै, १ लाख ७९ हजार घरबारविहीन भएका थिए। – सन् २०१७- सुपरम्यासिभ ब्ल्याक होलको खोजी सन् २०१७ मा आजकै दिन खगोलशास्त्रीहरूले सुपरम्यासिभ ब्ल्याक होल ‘उलास जे१३४२ प्लस ०९२८’ पत्ता लागेको घोषणा गरेका थिए। उक्त ब्ल्याक होल पृथ्वीबाट १३ अर्ब १० करोड प्रकाश वर्ष टाढा छ। यो हालसम्म पत्ता लागेको सबैभन्दा टाढाको ब्ल्याक होल हो। – सन् २०२२- ट्रम्पको कम्पनीमाथि कर ठगीको अभियोग सन् २०२२ मा अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पको कम्पनीमाथि कर ठगीको अभियोगमा मुद्दा दायर गरिएको थियो। उनको रियल स्टेट कम्पनीले कर ठगी गरेको अभियोगमा न्युयोर्कमा मुद्दा चलाइएको थियो। – सन् २०२२- अर्जेन्टिनाकी उपराष्‍ट्रपतिलाई ६ वर्ष जेल सन् २०२२ मा आजकै दिन अर्जेन्टिनाकी उपराष्‍ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई ६ वर्षको जेल सजाय सुनाइएको थियो। उनले ठगी गरेको अभियोग प्रमाणित भएपछि अदालतले जेल सजाय तोकेको थियो। र, उनलाई कार्यालय प्रवेशमा प्रतिबन्ध लगाइएको थियो।