भोजपुरमा नेपाली कम्युनिष्ट पार्टीको पालिका एकता सभा सुरु - ehimalayatimes.com
Source: hmlt
भोजपुर । नेपाली कम्युनिष्ट पार्टीको भोजपुर जिल्ला एकता सन्देश सभा सकिएसँगै पालिका स्तरीय एकता तथा अगुवा कार्यकर्ता भेला सुरु गरिएको छ । नेपाली कम्युनिष्ट पार्टीको आइतवार जिल्लाको आमचोक गाउँपालिका स्तरीय एकता सन्देश सभा भएको छ । एकता सन्देश सभाको प्रमुख बक्ताकारुपमा राजेन्द्र कुमार राई र विशेष बक्ताहरुमा नगेन्द्र किराँती, आशकुमार राई, शाहीमान राइर्, अशोक राई, सुनिता किराँती, सन्दिप राई लगायत हुनुहुन्छ । तत्कालीन नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका बिचमा एकता भएपछि भोजपुरमा पनि पालिका सभा सुरु गरिएको हो । पार्टीको अरुण गाउँपालिका स्तरीय सन्देश सभा सोमवार हुँदैछ । भोजपुरमा दुई नगरपालिका र सात गाउँपालिका छन ।पार्टीले क्रमिकरुपमा सवै पालिकाहरुमा एकता सन्देश सभा गरिने जनाएको छ ।