Redirecting...

नेपालमा युवापलायनः राष्ट्रिय संकट र समाधानको खोजी - kendrabindu.com

नेपालमा युवापलायनः राष्ट्रिय संकट र समाधानको खोजी - kendrabindu.com
Source: kend

काठमाडौँ । नेपाल हिमालयको काखमा अवस्थित यो सुन्दर देश आज आफ्नै युवा पुस्ताको अभावमा रित्तिदै गएको छ । गाउँघर सुनसान, खेतबारी बाँझा, विद्यालयहरू खाली र वृद्धवृद्धाहरू एक्लै रन्थनिरहेका दृश्यहरू हाम्रो दैनिक वास्तविकता बनेका छन्। कक्षा १२ पढाइ सकेका युवायुवतीहरू विदेश पलायन हुने क्रमले देशमा बाँकी रहेका युवाहरूलाई विवाह गर्नसम्म समस्या परेको छ । सयौं युवाहरू विदेशमा मृत्यु भएर रातो बाकसमा फर्किन्छन्। राजनीतिक अस्थिरता बढ्दो छ। रोजगारीका अवसर शून्य जस्तै छन्। भ्रष्टाचारले देशलाई खोक्रो बनाइरहेको छ । सत्ताको पहुँच नभएकाहरूका लागि जिउनै मुस्किल भएको यो अवस्थालाई हामीले अब छलफलको विषयमात्र बनाएर पुग्दैन। यो राष्ट्रिय संकट हो जसलाई सम्बोधन गर्न ढिलो भइसकेको छ । नेपालको वर्तमान परिस्थिति र आर्थिक सामाजिक, राजनैतीक,लगायत सर्वाङ्गिण समस्याको जड प्रभाव र सम्भावित समाधानहरूबारे अब खुला र स्वतन्त्र बहस गर्नुपर्ने बेला आएको छ । नेपालबाट युवाहरूको पलायनकुनै नयाँ कुरा होइन तर पछिल्ला वर्षहरूमा यो महामारी जस्तै फैलिएको छ । आर्थिक वर्ष २०८१÷८२ मामात्रै ८ लाख ३० हजारभन्दा बढी युवाहरूले वैदेशिक रोजगारीका लागि अनुमति लिएका छन्। जसमध्ये ६०.२८ प्रतिशत पहिलो पटक विदेशिनेहरू छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको छ । जसले देशको आर्थिक र सामाजिक संरचनालाई नै धराशायी बनाइरहेको छ । संयुक्त राष्ट्रसंघ र विश्व बैंकका प्रतिवेदनहरूका अनुसार नेपालको कुल जनसंख्याको करिब १४ प्रतिशत (३५ लाखभन्दा बढी) नेपालीहरू विदेशमा कार्यरत छन्। यो प्रवृत्ति मुख्य रूपमा पुरुष–प्रधान छ जसले ग्रामीण क्षेत्रहरूमा लैंगिक असन्तुलन निम्त्याएको छ । किन युवायुवतीहरू देश छोडिरहेका छन् त ? मुख्य कारणहरूमा बेरोजगारी, राजनीतिक अस्थिरता, भ्रष्टाचार र अवसरको अभाव उचित किसिमको उच्च शिक्षा मुख्य छन् । नेपालमा बेरोजगारी दर २०२५ मा ११.४ प्रतिशत पुगेको छ । जसमध्ये युवा बेरोजगारी १९ प्रतिशतभन्दा माथि छ । देशमा रोजगारीका अवसरहरू सीमित छन्। कृषि, पर्यटन र उद्योग क्षेत्रहरू राजनीतिकअस्थिरता र भ्रष्टाचारका कारण थला परेका छन्। गत भदौमा भएको जेन–जीविद्रोहले यो असन्तुष्टिलाई स्पष्ट रूपमा उजागर गरेको छ । युवाहरूले भ्रष्टाचार, बेरोजगारी र सामाजिक सञ्जालहरूमा लगाइएको प्रतिबन्ध विरुद्ध सडकमा उत्रिए जसले तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीको सरकारलाई ढालिदियो। आन्दोलनमा७६ जनाले अकालमा ज्यान समेत गुुमाउनप-यो । जसका कारण मुलुकले निर्दोष नागरिक सँगै ठूलो परिणाममा सार्वजानिक देखी निजी सम्पतीहरु गुमाउनु प-यो । सहिदका सपनाहरु साकार पार्नका लागि राज्यले उचित कदम चाल्नुपर्ने परिस्थिती सिर्जना भएको छ । आन्दोलनले सरकार ढाल्यो, कुशासन भ्रष्टाचार, नातावाद र रोजगारका अवसरको कमीले युवाहरूलाई निराश बनाएको छ । यो आन्दोलनले देखाएको छ कि युवाहरू अब चुपलागेर बस्दैनन्। उनीहरू परिवर्तन चाहन्छन् तर देशले उनीहरूलाई अवसर दिन सकिरहेको छैन । यो आन्दोलन पछाडी देशमा छोटो समयका लागि काम चलाउ सरकार गठन भएको छ र विषेश गरी निर्वाचनको तयारीमा सरकार र राजनीतिक दलहरु अग्रसर भईरहेका छन् । यस्तै आन्दोलनका क्रममा भागेका हजारौ अपराधी कैदीवन्दीहरु र लुटपाट गरिएकाहातहतियार अझै सरकारले फिर्ता ल्याउन सकिरहेको छैन । जसले गर्दा नागरिकहरुमा त्रासको स्थिति सिर्जना गराएको छ भने लुटपाट र चोरी डकैँती सँगै सामाजिक अपराधका घटनाहरु पनि बढ्दै गइरहेका छन् । भ्रष्टाचार नेपालको सबैभन्दा ठूलो रोग भएको छ । २०२५ मामात्रै पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू र नोकरशाहहरू संलग्न १० भन्दा बढी भ्रष्टाचारका मुद्दाहरू बाहिरिएका छन्। ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार नेपालको करप्सन पर्सेप्सन इन्डेक्स २०२५ मा ३३÷१०० छ, जसले देशलाई विश्वका भ्रष्ट राष्ट्रहरूको सूचीमा राखेको छ । सत्ताको पहुँच नभएकाहरूले सरकारी सेवा, रोजगारी वा सहायता पाउन मुस्किल पर्छन्। यो अवस्थाले युवाहरूलाई विदेशतिर धकेलिरहेको छ जहाँ उनीहरूले कम्तीमा जीविकोपार्जन गर्न सक्छन्। देशमा युवापलायनको सबैभन्दा दर्दनाक प्रभाव ग्रामीण भेगमा देखिन्छ । पहाडी र तराईका गाउँहरू रित्ताहुँदै गएका छन्। हिमाली भेगहरुमा उस्तै छ पर्यटन व्यावसाय गरेर वस्नेहरु बाहेक। विश्व बैंकको अध्ययनकाअनुसार, ग्रामीण तराई क्षेत्रहरूमा श्रम प्रवासन दर सबैभन्दा उच्च छ, जसले कृषि उत्पादकत्वलाई घटाएको छ । पहाडी भेगका गाउँवस्तीहरुमा खेतबारीहरू बाँझा छन्। बोकेझार,बनमारा, तीतेपाती र झाडीहरुले ढाकिएका छन् । वन्यजन्तुको बासस्थान बनिरहेका छन् सुन फल्ने फाँटहरु । किनकि काम गर्ने युवा हातहरू विदेशमा छन्। नेपालको कृषि क्षेत्र जसले कुल जीडीपीको २५ प्रतिशत योगदान दिन्छ तर श्रम अभावका कारण संकटमा छ । प्रवासनले कृषि भूमि परित्याग बढाएको छ जसले खाद्यान्न उत्पादन घटाएको छ र आयातमा निर्भरता बढाएको छ । मल अभाव,सिँचाई अभाव र श्रमिक अभावले कृषीमा शुन्यता छाउँदै गइरहेको छ । परम्परागत खेती प्रणालीका कारण उत्पादन भन्दा लागत बढी हुने गरेको छ । गाउँहरू रित्ता हुँदा विद्यालयहरू पनि प्रभावित छन्। धेरै ग्रामीण विद्यालयहरूमा विद्यार्थी संख्या घटेर शिक्षकहरूले पढाउने उत्साह नै हराएको छ । गाउँमाविधालयहरु छन तर विधार्थी छैनन् । कतिपय विधालयहरुमा विधार्थी भन्दा शिक्षक बढी रहेका छन् । कतिपय ठाउँहरुमा वन्द हुने अवस्थाका कारण दुइ वा त्यो भन्दा बढी बिधालयहरु गाभिएका छन् । राष्ट्रिय जनगणना २०७८ का अनुसार प्रवासन दर ७.५ प्रतिहजार छ। उक्त प्रतिवेदन अनुसार बालबालिकाहरूको शिक्षा र स्वास्थ्यमा असर पारिरहेको छ । गाउँमा बाँकी रहेका बालबालिकाहरूले अभिभावक विहीन जीवन बिताइरहेका कारण सामाजिक विकृति बढाएको छ। सबैभन्दा दुःखद पक्ष त वृद्धवृद्धाहरूको अवस्थाहो। युवाहरू विदेश गएपछि वृद्धवृद्धाहरू एक्लै बस्न बाध्य छन्। वृद्धाश्रमहरूमा रन्थनिनेहरुको अवस्था झनै दयनिय छ । यो क्रम बढ्दो छ । एक अध्ययन अनुसार प्रवासनले छोडिएका परिवारहरूमा समय व्यतीत गर्ने तरिका परिवर्तन भएको छ विशेष गरी महिलाहरू र वृद्धहरूमा । यो एक्लोपनले मानसिक स्वास्थ्यमा समस्या निम्त्याएको छ । गाउँमा मान्छे मर्दा मलामी समेत नपाइने अवस्था आएको छ । युवापलायनका कारण सामाजिक बन्धनहरू र संस्कृतीहरु धरासायी बन्दै गइरहेका छन् । पछिल्लो समयविदेश गएका युवाहरूको मृत्युको संख्या भयावह छ । सरकारी तथ्यांकका अनुसार २००८÷०९ देखि हालसम्म १० हजार ६ सय ६६ नेपाली प्रवासी कामदारहरू विदेशमा अकालमा ज्यान गुमाउन विबश छन् । जसमा वार्षिक ७ सय भन्दा बढी छन्। यीमृत्युहरू मुख्य रूपमायूएई, साउदी अरबिया र कतारजस्ता देशहरूमाभएका छन्, जहाँकाम गर्ने अवस्था कठोर छ । रातो बाकसमा फर्किने युवाहरूको कथा हृदयविदारक छ। देशमा अवसर नभेटेर बाध्यताले सपना बोकेर जान्छन् तर रातो बाकसमा लास बनेर फर्किन्छन्। यो प्रवृत्तिले परिवारहरूलाई आर्थिक र भावनात्मक रूपमा गहिरो गरी टुटाएको छ । वर्षौदेखी देशको अर्थतन्त्र रेमिट्यान्समा निर्भर छ । रेमिट्यान्सले जीडीपीको २५ प्रतिशत योगदान दिन्छ तर यो दिगो छैन । ऋणमा निर्भरता, एकल क्षेत्रमा अधिक निर्भरता र भ्रष्टाचारले आर्थिक जडहरू खोक्रा बनाएका छन्। युवा पलयानले लैंगिक असन्तुलन निम्त्याएको छ । देशमा रहेका युवाहरुलाई युवती र युवतीहरुलाई विवाहका लागि युवा पाउन मुश्किल रहेको छ । कक्षा १२ पछि युवायुवतीहरू विदेशिने क्रमले देशमा बाँकी युवाहरूलाई जोडी खोज्न मुस्किल परेको छ । यो असन्तुलनले मानव तस्करी, लैंगिक हिंसामा असर परिरहेको छ । जनसांख्यिक परिवर्तनले क्षेत्रीय असन्तुलन पनि बढाएको छ । आर्थिक रूपमा, ब्रेन ड्रेनले स्वास्थ्य, शिक्षा र प्रविधि क्षेत्रहरूलाई खाली बनाएको छ । कुशल जनशक्ति अभावले विकास निर्माणमा अवरुद्ध भएको छ । देशमा रहेका पनि बेरोजगारीका कारण युवाहरु केवल राजनैतीक दलहरुको लगौँटी बनेर हिड्न बाध्य छन् यसको अलावा विकल्प प्रदेश बनेको छ । सामाजिक रूपमा, परिवारहरू विखण्डित छन्, बच्चाहरू अभिभावक विहीन, वृद्धहरू एक्ला । सांस्कृतिक रूपमा, गाउँका परम्परा र सँस्कृतीहरू लोप हुँदै छन्, जसले सामाजिक सद्भाव खलबलाएको छ । देशमा उत्पन्न यो संकट टार्न तथा समाधान गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने देखिन्छ । राज्यले रोजगारी सृजना गरे कृषि आधुनिकीकरण, पर्यटन विकास र स्टार्टअपहरूलाई प्रोत्साहन हुन्छ । भ्रष्टाचार नियन्त्रण गर्न, सवै नागरिकहरुको समान पहुँच गराउन स्वतन्त्र आयोगहरू सशक्तीकरण हुनुपर्ने अवस्था आइरहेको छ । शिक्षा र सीप विकासमा युवाहरुलाई अग्रसर बनाउदै देशमै रहन प्रेरित गर्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ । प्रवासीहरूलाई स्वदेशमै फर्काउने नीति लिनुपर्ने दायित्वबोध राज्य र सरकारले लिन सक्नुपर्दछ । रेमिट्यान्स र दातृ निकायबाट प्राप्त अनुदानलाई उत्पादनशील क्षेत्रमा लगानी गरेर अगाडी बढेको खण्डमा बेरोजगार अन्त्यहुने र देशमै रोजगारीको अवसर प्राप्त हुनेछ । अहिलेको यो संकटलाई राज्य र नागरिकले सामूहिक रूपमा सम्बोधन गर्ने गरी बुझ्न जरुर छ । युवाहरू देशका स्तम्भ हुन् युवाहरुलाई रोक्न सक्यौं भने मात्र समृद्ध नेपाल सम्भव छ । अब ढिलो नगरी कार्यान्वयनमा जुटौं,देशको राष्ट्रियता, अखण्डता, स्वाधिनता, सार्वभौमिकता सँगै संविधान र देशको रक्षार्थ आम नागरिक हातेमालो गर्दै लागौँ। देश यस्तै कारणहरुले खण्डहर बन्दै गइरहेको छ । नत्र हाम्रो देश रित्तो मात्र होइन, इतिहासबाट नै मेटिन सक्ने खतरा दिन प्रतिदिन बढ्दै जाने छ ।इतीश्री …..