Redirecting...

महाधिवेशन : ओलीको टीमबाट को नेता कुन पदमा उम्मेदवार ? - bishwokhabar.com

महाधिवेशन : ओलीको टीमबाट को नेता कुन पदमा उम्मेदवार ? - bishwokhabar.com
Source: bsbk

काठमाडौं– राजधानीमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ । महाधिवेशनको सरगर्मी बढिरहँदा अध्यक्ष केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिन लागेका छन् । ओलीको टीमबाट पदाधिकारीमा उठ्ने नेताहरूको मोटामोटी खाका तयार भएको एक नेताले बताए । जसअनुसार ओली समूहबाट महासचिवमा शंकर पोखरेललाई नै अघि सार्ने तयारी गरेको छ । पोखरेललाई पुनः महासचिवको उम्मेदवार बनाउने गरी ओली निवास गुण्डुमा मोटामोटी समझदारी बनेको एक नेताले बताए । यसैगरी, उपाध्यक्ष पदमा रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार बन्ने तय भएको छ ।