अभिभावकलाई शिक्षामन्त्री महावीर भन्छन्– ३०० पाइलट बेरोजगार भए, अब विचार पुर्याउनू - www.sutranews.com
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालमा पाइलट (जहाज चालक) बेरोजगार भइरहेकाले विचार पुर्याउन अभिभावकलाई आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले फिलिपिन्स, दक्षिण अफ्रिकासहित अन्य देशहरुमा हवाइजहाज पाइलट ट्रेनिङ गरेर आएका ३०० पाइलटहरु बेरोजगार रहेका बताए । उनले ७० लाख रुपैयाँ जति खर्च गरेर पढेका पाइलट बेरोजगार हुनुपरेको भन्दै अभिभावकलाई विचार पुर्याउन भनेका हुन् । उनका अनुसार नेपालमा ३५ वटा जति हवाई जहाज उडिरहेका छन् । उनले फेसबुकमा लेखेका छन् आफ्ना छोरा छोरीहरुलाई पाईलट ट्रेनिङमा पठाउन चाहने अविभावकहरुलाई जानकारी– फिलिपिन्स, दक्षिण अफ्रिका सहित अन्य देशहरुमा हवाईजहाज पाईलट ट्रेनिङ गरेर आएका ३०० जना जति पाईलटहरु नेपालमा बेरोजगार रहेछन् । एक जना अविभावकले हिजो आएर रुँदै यो कुरा भन्नु भयो । उहाँले ७० लाख रुपैयाँ जति खर्च भएको कुरा भन्नुभयो । विचार पुर्याउनु होला । नेपालमा ३५ वटा जति हवाई जहाज उडिरहेका छन् ।