नाइमाको प्रथम साधारणसभा - ehimalayatimes.com
Source: hmlt
काठमाडौं । नेपाल अटो मोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले स्थापनादेखि हालसम्मका प्रमुख उपलब्धि र सिकाइहरू विश्लेषण गर्दै आगामी वर्षका कार्यक्रम, संस्थागत संरचना र रणनीतिक योजना पारित गरेको छ । स्थापनाको छोटो अवधिमै संस्था देशको मोबिलिटी क्षेत्रको एकीकृत र सशक्त आवाजका रूपमा स्थापित हुन सफल भएको अध्यक्ष रितुसिंह वैद्यले बताउनुभयो । कार्यक्रममा कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तीय प्रतिवेदन र आगामी वर्षको कार्यक्रम तथा वित्तीय योजना प्रस्तुत गर्नुभएको थियो ।