Redirecting...

भोट खसाल्ने ठाउँमा मोबाइल र उम्मेदवारको लिस्ट लैजान रोक - www.pardafas.com

भोट खसाल्ने ठाउँमा मोबाइल र उम्मेदवारको लिस्ट लैजान रोक - www.pardafas.com
Source: pfds

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा मोबाइल र उम्मेदवारको सूची लैजान रोक लगाइएको छ । सुरुमा ती लैजान दिइए पनि पछि रोक लगाइएको हो । केपी शर्मा ओली र ईश्वर पोखरेल पक्षले आ–आफ्नो प्यानलका उम्मेदवारहरूको नामावली प्रतिनिधिहरूलाई बाँडिरहेका थिए । त्यो खबर सार्वजनिक भएपछि कडाइ गरिएको हो । एमाले नयाँ नेतृत्व चयनका लागि आज बिहान ९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो । एमाले नेता राजेन्द्र गौतमका अनुसार बिहान साढे ११ बजेसम्ममा साढे तीन सय मत खसेको छ । एमालेका कुल २ हजार २६३ प्रतिनिधिहरू छन् । यस हिसाबले मतदान सकिएर नतिजा आउन आज मध्यरातसम्म लाग्ने अनुमान छ । मतदानको सुरुवात शीर्ष नेताहरूले गरेका थिए । अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले सँगसँगै मतदान सुरु गरेका थिए । उनीहरू प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । एमालेको नयाँ नेतृत्व चयनका लागि ई-भोटिङ मेसिन प्रयोग गरिएको छ । मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिहरू लामबद्ध भएर पालैपालो मत खसालिरहेका छन् । प्रतिनिधिहरूको लाइनमा पुगेर उम्मेदवारहरूले भोट मागिरहेका छन् ।