Redirecting...

एनएमबि बैंकद्धारा मानवसेवा आश्रममा सोलार सामग्री वितरण - www.onlinepana.com

एनएमबि बैंकद्धारा मानवसेवा आश्रममा सोलार सामग्री वितरण - www.onlinepana.com
Source: onpa

काठमाडौं । एनएमबि बैंकले गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई १ हजार लिटरको सोलार साथै सोलार बत्तिहरु हस्तान्तरण गरेको छ । पोखरास्थित आश्रममा आयोजित एक कार्यक्रमबीच उक्त सोलार सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री माननीय विन्दु कुमार थापाले दीप प्रज्वलन गरी उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले कार्यक्रमको अध्यक्षता गरेका थिए । बैंकका संस्थापक शेयरधनीहरू राजेन्द्र कुमार बाटाजु, प्रा.डा. हरि पाठक, शालिकराम घिमिरे, विमल बहादुर कुँवर र ओम कुमार मुल्मीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । यस अवसरमा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष, रामजी अधिकारीले आफ्नो मन्तव्य राखेका थिए । बैंकको तर्फबाट संस्थापक सेयरधनीहरू, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत लगायतले एकमुष्ट रुपमा सोलार सामग्री हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा एनएमबि बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, मानवसेवा आश्रमका महासचिव सुशीला केसी (रूपा), रिटेल तथा साना व्यवसाय प्रमुख गणेश पराजुली, एनएमबि बैंकका प्रदेश प्रमुख दुर्गा राम पुरी लगायत बैंकका अन्य कर्मचारी र मानवसेवा आश्रमका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो । एनएमबि बैंकले दिगो विकासलाई प्राथमिकता दिँदै यस वर्षको साउन महिनालाई ‘ग्रिन मन्थ’को रूपमा मनाइरहेको छ । सोही अभियानअन्तर्गत दिगो कार्यको एक हिस्साको रूपमा, यो संस्थागत सामाजिक उत्तरदायित्व सम्पन्न भएको हो । बैंकले यस्तै किसिमका अन्य कार्यक्रमहरू पनि देशका अन्य प्रदेशहरूमा सञ्चालन गरिरहेको छ । एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । The post एनएमबि बैंकद्धारा मानवसेवा आश्रममा सोलार सामग्री वितरण appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).