दोहोरो अंकले बढ्यो नेप्से, ङादी ग्रुपको कारोबार उच्च - www.nepalclicks.com
काठमाडौँः साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञज (नेप्से) परिसूचक बढेको छ। आज परिसूचक नेप्से १८.३७ अंकले बढेर २ हजार ६१९ विन्दुमा बन्द भएको हो। यस दिन ७८ लाख कित्ता शेयर विक्रि हुँदा ३ अर्ब २९ करोडको कारोबार भएको छ। आज १७८ कम्पनीको शेयरमूल्य बढेको छ भने ६१ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको नेप्सेले जनाएको छ। त्यस्तै, स्वस्तिक लघुवित्त र नारायणी डेभलपमेन्टको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ। कम्पनीको मात्र १९ करोड ८२ लाखको कारोबार भएको हो।