जेनजी आन्दोलनका सहिद : आमाबुबाको प्रश्न- ‘दोषी नहुँदा पनि छोरालाई किन गोली हानियो ?’ - farakdhar.com
Source: FRDH
आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो । जेनजी आन्दोलनका सहिद ज्ञानिन्द्र (गोपाल) सेढाईंका पिता धनपति सेढाईंलाई त्यो दिनको घटना सम्झँदा मन भारी हुन्छ । बोलाउने नाम गोपाल रहेका ज्ञानिन्द्र सेढाईं एक साहस, सरलता र मित्रताका समर्पण भावका युवाका रूपमा स्थानीयमा लोकप्रिय थिए । मुटुको टुक्राजस्तो छोरो गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मारिएपछि बुबा धनपति र ७७ वर्षीया आमा गुनमाया सेढाईंका आँखा रसाउन थालिहाल्छन् । पुत्र शोक...