Redirecting...

विपद्का घटनामा देशभर ४९ जनाको मृत्यु, ७ बेपत्ता - ukaalo.com

विपद्का घटनामा देशभर ४९ जनाको मृत्यु, ७ बेपत्ता - ukaalo.com
Source: uklo

काठमाडौँ– अविरल वर्षाका कारण बाढी पहिरोमा परी शनिबार र आइतबार देशभर मृत्यु हुनेको संख्या ४९ पुगेको छ। सशस्त्र प्रहरी बलका अनुसार इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ। सूर्योदय नगरपालिकामा ५, इलाम नगरपालिकामा ६, देउमाई नगरपालिकामा ८, फाकफोकथुम गाउँपालिकामा १, माङसेबुङ गाउँपालिकामा ३, माइजोगमाई गाउँपालिकामा ८ र सन्दकपुर गाउँपालिकामा ६ जनाको मृत्यु भएको हो। पहिरोमा परेर सूर्योदयमा दुई जना र माङसेबुङ गाउँपालिकामा तीन जना घाइते भएका छन्। यसैगरी, पाँचथरमा शनिबार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो। उदयपुरमा दुई, खोटाङमा एक र रौतहटमा तीन जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ। विपद्‌का घटनामा दुई दिनमा २० जना घाइते भएका छन्। विभिन्न जिल्लामा सात जना बेपत्ता भएका छन्। इलाममा एक, बारामा एक, रसुवामा चार र काठमाडौँमा एक जना बेपत्ता भएका हुन्।