झापा– ५ : एकै पटक हजारौँ एमाले कार्यकर्ता जनताका घरघरमा - janatatimes.com
काठमाडौं, फागुन २ । नेकपा एमालेले हिजो शुक्रवार देखि झापाको निर्वाचन क्षेत्र नम्बर ५ का सबै घरघरमा पुगेर मतदाताका सुझाव र समस्या बुझ्न एकै पटक हजारौँ कार्यकर्ता परिचालन गरिएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर ५ का निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार मतदाताका सुझाव तथा पार्टीसँग प्रत्यक्ष जोड्ने उद्देश्यले भेटघाटलाई तीव्र बनाइएको हो। भेटघाटमा पार्टीका आफ्नो भूगोलमा रहने केन्द्रीय पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, प्रदेश कमिटी, जिल्ला, क्षेत्रीय कमिटीमा रहने सबै पदाधिकारी तथा सदस्य स्थानीय टोल समितिमा आबद्ध कार्यकर्ता सहभागी रहने गरी जनताका घरघरमा पुगेर भेटघाट र छलफल गरिएको छ। यस क्रममा जनतबाट आएका सुझाव र पार्टीले खेल्नु पर्ने भूमिकाका विषयलाई सम्बोधन गरिने जनाइएको छ। यस निर्वाचन क्षेत्र अन्तर्गतका २९ वटा वडाका सबै टोलमा पर्ने प्रत्येक घरमा पुगेर मतदातालाई निर्वाचनमा भाग लिन तथा नेकपा एमालेका उम्मेदवार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विजयी गराउन समेत आग्रह गरिएको छ। झापाको दमक नगरपालिका– ५ स्थित प्रशान्ति टोलमा भेटघाटमा व्यस्त नेकपा एमालेको भातृसंगठन अखिल नेपाल महिला संघ झापाकी अध्यक्ष लिला ढुङ्गेल दाहालले आफूहरू आफ्नो क्षेत्र टोलका प्रत्येक घरमा पुगेर मतदातासँग छलफल गरिरहेको बताउनुभयो। यस क्रममा धेरै मतदाताले उत्साह पूर्वक सुझाव दिएको उहाँको भनाइ छ। भेटघाटका क्रममा जनताले दिएको आश्वासन तथा सुझावले आफूहरूलाई थप उत्साहित बनाएको दाहालको भनाइ छ। उनले भने, ुयस क्रममा आगामी फागुन २१ गते हुने निर्वाचनमा देश विकास गर्ने तथा देशको नेतृत्व गर्ने गरी नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई यो क्षेत्रबाट विजयी गराउन सन्देश लिएर जनतासँग हामी अभियानको रूपमा अघि बढेका छौँ। आज यो टोलका झण्डै ७० घरमा पुगेर भेटघाट गरिएको जानकारी अध्यक्ष दाहालले दिनुभयो। पार्टीको निर्वाचन रणनीति अन्तर्गत यो क्षेत्रका सबै वडाका सबै टोल कमिटीका एकै पटक एउटै योजना लिएर नेकपा एमालेका हजारौँ कार्यकर्ता परिचालन भएका छन्। यसरी परिचालन भएका कार्यकर्ताले अहिले सामाजिक सञ्जालमा एआईको प्रयोग गरेर फैलाइएका भ्रमहरू चिर्ने काममा लागेका छन्। सामाजिक सञ्जालमा लेखिने, बोलिन ज्यादै निकृष्ट शब्दहरूले समाजमा नकारात्मक सोचको विकास भइरहेको बताउँदै दाहालले भने, ुजसका कारण मिलेर बसेको नेपाली समाजको आत्मीयता, सद्भाव र सम्भ्यता समेत गुम्दै गएको छ। यसलाई प्रस्ट पार्दै जनतालई भय रहित समाजमा रुपान्तरण एमालेको यो अभियान रहेको छ। जनतासँग एमाले सधैँ साथमा नै रहने र आफ्नो टोलमा कुनै पनि नकारात्मक गतिविधि र भ्रामक प्रचार गरेर दुर्घटना हुन नदिने गरी समाजमा एक आपसमा सद्भाव र मित्रवत् व्यवहार कायम राख्न सबैमा अनुरोध समेत गरिएको जनाइएको छ।