Redirecting...

लेखनाथको सिसुवामा ऐतिहासिक तायाःमचा नृत्य प्रतियोगिता आयोजना हुने - nagariknews.nagariknetwork.com

लेखनाथको सिसुवामा ऐतिहासिक तायाःमचा नृत्य प्रतियोगिता आयोजना हुने - nagariknews.nagariknetwork.com
Source: ngrk

पोखरामा यही साउन ३१ गते तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव आयोजना हुने भएको छ । नेवाःखल कास्कीको आह्वान तथा सिशुवा नेवाः खलको आयोजनामा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।तायाःमचा नाचको संरक्षण, सम्वद्र्धन र प्रवर्द्धनका लागि भन्दै हरेक वर्ष पोखरामा हुँदै आएको प्रतियोगिता यस वर्ष यही साउन ३० गते शनिबार लेखनाथको सिशुवा बजारमा आयोजना हुँदैछ । नेवारी समुदायमा परिवारको सदस्यको मृत्यु भएको एक वर्ष भित्र गाईजात्रा निकाल्ने परम्परा छ । गाईजात्रामा समावेश हुने बाजासहितको नाचलाई नै तायाःमचा भनिन्छ । सो दिन घर/घरबाट गाईजात्रासँगै तायाःमचा निकालेर बजार परिक्रमा गराउने चलन छ । त्यही परम्परा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पोखरामा निरन्तर तायाःमचा नृत्य प्रतियोगिता आयोजना गर्ने गरिएको छ । तर गाईजात्राका दिन बजार परिक्रमा गर्दागर्दै रात पर्ने भएकाले गाईजात्रा पछिको पहिलो शनिबार तायाःमचा नृत्य प्रतियोगिता आयोजना गर्ने गरिएको नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । ‘सबैको सजिलोका लागि गाईजात्रा पछिको पहिलो शनिबार तायाःमचा नृत्य प्रतियोगिता राखिएको हो’–उनले भने ।विगत २० वर्षदेखि आयोजना हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता पहिलो पटक कोर पोखरा भन्दा बाहिर अर्थात लेखनाथमा हुन लागेको हो । यसअघि पोखराको भैरबटोल, विन्ध्यवासिनी, तेर्सापट्टी, रानीपौवा, पृथ्वीचोक, रामबजार लगायतका क्षेत्रमा हुने गरेको थियो । पहिलो पटक लेखनाथले तायाःमचा नृत्य प्रतियोगिता आयोजना गर्न पाएकाले यसलाई ऐतिहासिक बनाउने प्रयासमा आफूहरू लागेको प्रतियोगिताका मूल आयोजक समितिका संयोजक समेत रहेका सिशुवा नेवाः खलका अध्यक्ष अर्जुनकुमार ताम्राकारले बताए । उनले भने,‘यो हाम्रो सुवर्ण अवसर हो, यसलाई हामी ऐतिहासिक बनाउन लागिपरेका छौँ ।’प्रतियोगितामा यस वर्ष ३५ वटा टिम सहभागी हुने आयोजकको अनुमान छ । जसमा पुरुष २७ वटा र महिला ८ वटा गरेर ३५ वटा टिमले सहभागिता जनाउने सिशुवा नेवाः खलका अध्यक्ष अर्जुनकुमार ताम्राकारले जानकारी दिए ।पत्रकार सम्मेलनमा बोल्दै नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवार समुदाय भएका हरेक टोलमा तायाःमचा निस्कियोस् भनेर आफूहरूले प्रतियोगिता गर्ने गरेको बताए । ‘यसले तायाःमचा संस्कृति जीवन्त राख्न मद्दत पुग्छ भन्ने हाम्रो विश्वास हो’–उनले भने । उनले पर्यटकको बसाई लम्ब्याउन पनि तायाःमचा नृत्य प्रतियोगिताले सघाउने उनको दाबी छ ।यस वर्षको प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, द्वितीय हुनेले ७७ हजार ७ सय ७७ रुपैयाँ र तृतीय हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ तथा सान्त्वना हुने एक टिमले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने सिशुवा प्रतियोगिताका सहसंयोजक भैरवलाल श्रेष्ठले जानकारी दिए । प्रथम पुरस्कारको राशि अघिल्लो वर्षभन्दा झण्डै दुई लाखले कमी हो । अघिल्लो वर्ष प्रथम हुनेलाई ३ लाख १ रुपैयाँ प्रदान गरिएको थियो ।यस वर्ष महिलातर्फको उपाधि विजेतालाई ४० हजार, द्वितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई २० हजार प्रदान गरिने जनाइएको छ ।