भक्तपुरको गुण्डुमा ’ओली कुटी’ बन्ने - kendrabindu.com
Source: kend
काठमाडौँ । भक्तपुरको गुण्डु क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका लागि नयाँ आवास निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । बिहीबार ओलीकी पत्नी राधिका शाक्यले ’ओली कुटी’ को शिलान्यास गर्दै आधारशिला स्थापना गरेकी हुन् । यो परियोजना एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको नेतृत्वमा सञ्चालन भइरहेको हो। यो नयाँ घर ओली परिवारको स्थायी बसोबासका रूपमा उपयोग हुने अपेक्षा गरिएको छ । भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बालकोटस्थित ओलीको पुरानो निवासमा भीडले आगजनी गरेको थियो, जसले घर पूर्ण रूपमा क्षतिग्रस्त बनायो। ओली परिवारले यो घर पहिल्यै मृत्युपछि नामसारीका लागि राज्यलाई दान गरिसकेकोले पुनर्निर्माणमा लाग्ने योजना थिएन । आगलागीपछि परिवार गुण्डुमा भाडाको घरमा बस्दै आएको थियो।