Redirecting...

‘१६औं इक्यान मल्टिडेस्टिनेसन एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न - kendrabindu.com

‘१६औं इक्यान मल्टिडेस्टिनेसन एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न - kendrabindu.com
Source: kend

काठमाडौं । नेपालको सबैभन्दा ठूलो शैक्षिक प्रदर्शनी ‘१६औँ इक्यान मल्टिडेस्टिनेसन एजुकेसन फेयर–२०२५’ भव्य रुपमा सम्पन्न भएको छ । सोमबार काठमाडौंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट होटलमा बिहान साढे ९ बजेदेखि सुरु भएको उक्त एजुकेसन फेयर साँझ ५ बजे सम्पन्न भएको हो । इक्यान फेयरको उद्दघाटन अध्यक्ष शेषराज भट्टराईले गरेका थिए । उद्दघाटन सत्रमा इक्यानका पूर्वअध्यक्ष प्रकाश पाण्डे, केन्द्रिय कार्यसमितीका सम्पूर्ण उपाध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो । इक्यानका अनुसार मेलामा नेपाल, भारत, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा तथा युरोपका विश्वविद्यालय र कलेजको सहभागिता रहेको थियो । देश–विदेशमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीलाई फेयरले आकर्षित गरेको थियो । यस वर्षको फेयरमा छात्रवृत्ति जानकारी, स्थलमै भर्नाको अवसर, पाठ्यक्रम तथा आवेदनसम्बन्धी परामर्श, भिसा मार्गदर्शन, अध्ययनपछि रोजगारी अवसरबारे जानकारी, र ग्लोबल माइग्रेशनबारे परामर्श प्रमुख आकर्षण रहेका थिए । प्रवेश निःशुल्क रहेको मेलामा विद्यार्थीका लागि इन्टरएक्टिभ सत्र, स्पट असेस्मेन्ट, तथा विश्वविद्यालय प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने विशेष सुविधा प्रदान गरिएको थियो । विद्यार्थीलाई विदेशका उत्कृष्ट कलेजमा भर्ना प्रक्रियामा मात्रै नभई, उत्कृष्ट शिक्षा हासिल गर्न बाहिर पढ्न जाने विद्यार्थीका लागि सहज गराउने उदेश्यका साथ इक्यानले हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको छ । अहिले करियर काउन्सिलिङ, भर्ना र भिसा प्रक्रियाबारे सम्पूर्ण जानकारी दिने एउटा प्रमुख गन्तव्यका रूपमा इक्यान अग्रपंक्तिमा रहेको छ । नेपालबाट अन्तर्राष्ट्रिय शिक्षाका लागि बाहिर जान चाहने विद्यार्थीलाई सहि सुचना प्रदान गर्न, स्मार्ट एजुकेसन कन्सल्टेन्सी र प्रोफेसन इन्गेजमेन्ट दिन यो फेयर आयोजना गरेको अध्यक्ष भट्टराईले जानकारी दिए । मेला विभाग संयोजक तथा इक्यान विज्ञ उपाध्यक्ष गीता शर्मा शिवाकोटीले विद्यार्थीहरुलाई सहि र प्रत्यक्ष जानकारी दिई भ्रमित हुनबाट बचाउन एजुकेसन फेयर आयोजना गरिएको जानकारी दिइन् । मेलामा उपस्थित विद्यार्थीहरुले मोबाइल फोन, फिल्मको टिकट, छाता, ल्यापटप ब्याग, बाटर बोटल, कप, भित्ते घडी र सि–सर्टलगायत गिफ्ट ह्याम्पर पाएका थिए ।