महाशिवरात्रिमा प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथ मन्दिरको दर्शन - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले महाशिवरात्रिको अवसरमा आईतबार पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेकी छन् । महाशिवरात्रि २०८२ का अवसरमा प्रधानमन्त्री कार्कीले आईतबार अपराह्न पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेकी हुन् । महाशिवरात्रिको अवसरमा मन्दिर परिसरमा राष्ट्रपति रामचन्द्र पौडेलसहित प्रधानमन्त्री कार्कीको सहभागिता थियो । महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखद्वारा पशुपतिनाथमा विशेष पूजाआराधना गर्ने परम्परा रहँदै आएको छ ।