बालेनले बल लगाएरै बजाए घण्टीघरको घण्टी, समर्थकलाई दिए ‘फ्ल्याईङ किस’ ! - arthasarokar.com
Source: aths
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय ‘घण्टीघर’ पुगेका बालेन्द्र शाह (बालेन)ले बल लगाएरै घण्टी बजाएका छन् । काठमाडौँको मेयर पदबाट राजीनमा दिएर ‘घण्टीघर’ पुगेका शाहले घण्टीघरमा रहेको घण्टी बल लगाएरै बजाएका हुन् । शाहलाई घण्टीघरमा स्वागत गर्न हजारौँ समर्थक घण्टीघरमा पुगेका थिए । भव्य स्वागतसहित घण्टीघर प्रवेश गरेका शाहले पार्टी सभापति रवि लामिछानेसँगै घण्टी बजाएका थिए । बालेनको घण्टीघरको घण्टी बजाउँदा समर्थकहरुले ‘बालेन दाई, हाई हाई’ भन्दै चर्को नारा लगाएका थिए । घण्टी बजाएर शाहले समर्थकहरुलाई ‘फ्ल्याईङ किस’ दिएका थिए ।