किन गरिँदै छ नेपाल-भारत सीमा नाका बन्द ? - farakdhar.com
Source: FRDH
भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधानसभा निर्वाचनका लागि रौतहटको नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले शुक्रबार एक सूचना जारी गर्दै कात्तिक २२ गते ६ : ०० बजेदेखि २५ गते ६ : ०० बजेसम्म नेपाल–भारत सीमा नाका बन्द हुने जानकारी गराएको हो । भारतको बिहार राज्य सितामढी तथा पूर्वी चम्पारणका जिल्लामा कात्तिक २५ गते दोस्रो चरणको विधानसभा निर्वाचन हुन लागेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागि सीमा नाका बन्द हुने रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । उ...