Redirecting...

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, अन्यमा सफा - farakdhar.com

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, अन्यमा सफा - farakdhar.com
Source: FRDH

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । यस्तै, महाशाखाका अनुसार आज कोशी प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । आज राती कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।