कोशी प्रदेशमा मन्त्रीमण्डल पुनर्गठन, ८ मन्त्री र २ राज्यमन्त्री नियुक्त - ehimalayatimes.com
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल पुनर्गठन गर्नुभएको छ। उहाँले सबै मन्त्रीहरूलाई हटाएर नेपाली कांग्रेस र नेकपा एमालेका नयाँ अनुहारलाई सरकारमा सहभागी गराउनुभएको हो। मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनुभयो। नयाँ मन्त्रीमण्डलमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच समान भागबण्डा गरिएको छ। दुवै दलबाट ४–४ जना मन्त्री र १–१ जना राज्यमन्त्री सरकारमा सहभागी भएका छन्। नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी प्रदीपकुमार सुनुवार — भौतिक पूर्वाधार विकास भीम पराजुली — पर्यटन, वन तथा वातावरण तिलचन पाठक — खानेपानी, सिँचाइ तथा ऊर्जा इन्द्रमणि पराजुली — आन्तरिक मामिला तथा कानुन विदुरकुमार लिङ्थेप — आर्थिक मामिला तथा योजना रामप्रसाद महतो — सामाजिक विकास मानबहादुर लिम्बू — स्वास्थ्य इसाइल मन्सुरी — उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री शोभा चेम्जोङ — भौतिक पूर्वाधार विकास उमाकान्त गौतम — विनाविभागीय मन्त्रीमण्डल पुनर्गठनसँगै प्रदेश सरकारको कामकारबाहीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।