निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ ३ हजार १३५ अन्तिम नामावली सार्वजनिक, अब उम्मेदवार फेर्न नपाइने - nepalkhabar.com
Source: nkkb
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ। आयोगको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले ६३ राजनीतिक दलका तर्फबाट प्रस्तावित ३ हजार १३५ उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिएको हो। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सार्वजनिक सूचीमा महिलाको संख्या पुरुषको तुलनामा ब...