जेन्जी आन्दोलनको सबै दोष केपी ओलीलाई दिन मिल्दैन -योगेश भट्टराई [भिडियो] - kendrabindu.com
Source: kend
योगेश भट्टराई नेपालको समकालीन राजनीतिमा एक स्पष्ट वक्ता र जुझारु युवा नेताका रूपमा परिचित छन्। विद्यार्थी राजनीति हुँदै केन्द्रीय तहसम्म प्रभावशाली भूमिका स्थापित गर्न सफल उनी हाल नेकपा (एमाले)का सचिव हुन्। आसन्न पार्टी महाधिवेशनको तयारी, भ्रष्टाचार र अन्यायविरुद्ध चर्को स्वर उठाएको ‘जेनजेड’ पुस्ताको आन्दोलनको प्रभाव तथा नेपालको राजनीतिक स्थिरता र अन्तरिम सरकारको चुनावी दाैडधुपलगायत समसामयिक विषयमा उनै सचिव भट्टराईसँग केन्द्रबिन्दु टिभीले विशेष कुराकानी गरेकाे छ ।