Redirecting...

एन्ड्रोइडले अपाङ्गता भएका व्यक्तिहरूको लागि नयाँ सुविधाहरू प्रस्तुत गर्यो - www.technologykhabar.com

एन्ड्रोइडले अपाङ्गता भएका व्यक्तिहरूको लागि नयाँ सुविधाहरू प्रस्तुत गर्यो - www.technologykhabar.com
Source: tckb

गुगलले अन्तर्राष्ट्रिय अपाङ्गता भएका व्यक्तिहरूको दिवसको सम्झनामा एन्ड्रोइड डिभाइसहरूमा नयाँ पहुँच सुविधाहरूको श्रृंखला ल्याउने घोषणा गरेको छ। गुगलको नयाँ अपडेटले दृष्टि, श्रवणशक्ति वा हिँडडुलमा कठिनाइ भएका प्रयोगकर्ताहरूलाई मद्दत गर्ने लक्ष्य राखेको छ। नयाँ सुविधाहरू मार्फत प्रयोगकर्ताहरूले निम्न किसिमका लाभ उठाउन सक्नेछन्ः एडभान्सड् भ्वाइस डिक्टेसन र केवल भ्वाइस कमाण्ड (आवाज आदेश) हरू प्रयोग गरेर टेक्स्ट सम्पादन गर्ने क्षमता। आटो–क्लिक (स्वचालित रुपमा क्लिक हुने) र विभिन्न क्लिक प्रकारहरूको लागि विकल्पहरू सहित बृद्धि गरिएको एक्सटर्नल (बाह्य) माउस समर्थन। “एक्सप्रेसिभ क्याप्सनहरू”ले बोलिएको टेक्स्ट (पाठ) मात्र प्रदर्शर्न नगरेर भिडियो वा प्रत्यक्ष प्रसारणमा कुराकानीको भावनाहरू पनि प्रदर्शन गर्दछ। गाइडेड फ्रेम नामक टुलले न्यून दृष्टि भएका मानिसहरूलाई अनुहार सही फ्रेममा देखाएर सही फोटोहरू खिच्न मद्दत गर्दछ। ब्लुटुथ एलई अडियो प्रयोग गरेर श्रवण यन्त्रहरूमा सजिलो कनेक्सन प्रदान गर्नेछ र श्रवण–अशक्त प्रयोगकर्ताहरूको लागि अनुभव सुधार गर्नेछ। एप्लिकेसनहरूमा यो विकल्प एकीकृत नभए पनि सबैभन्दा एडभान्स डार्क मोडले धेरैजसो एप्लिकेसनहरूमा स्वचालित रूपमा काम गर्नेछ। गुगलले यी मध्ये धेरैजसो सुविधाहरू पहिले नै उपलब्ध भएको र टकब्याक अपडेट जस्ता केही अन्य सुविधाहरू बिस्तारै डिभाइसहरूमा रोल आउट गरिने घोषणा गरेको छ। यो सबै प्रयोगकर्ताहरूको लागि डिजिटल अनुभव सुधार गर्ने दिशामा एक ठूलो कदम भएको र एन्ड्रोइड डिभाइसहरूलाई सबैका लागि थप पहुँचयोग्य र प्रयोगकर्ता–मैत्री हुने बताईएको छ। The post एन्ड्रोइडले अपाङ्गता भएका व्यक्तिहरूको लागि नयाँ सुविधाहरू प्रस्तुत गर्यो appeared first on Technology Khabar.