आईपीएल अक्सन धमाका : २० वर्षीय प्रशान्त वीर १४ करोड २० लाखमा बिक्री - www.sutranews.com
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२६ को अक्सनमा चेन्नाई सुपर किंग्सले घरेलु क्रिकेटर प्रशान्त वीरलाई १४ करोड २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ। साउदी अरेबियाको जेद्दामा मंगलबार सम्पन्न अक्सनमा २० वर्षीय युवा अलराउन्डर वीरका लागि चेन्नाई, मुम्बई र राजस्थानले प्रतिस्पर्धा गरेका थिए। अक्सनको ‘सी’ क्याटागोरीमा रहेको वीरको न्युनतम मूल्य मात्र ३० लाख थियो, तर चेन्नाईले १४ करोड खर्च गरेर आफ्नो टिममा समावेश गर्यो। यसैबीच, दिल्ली क्यापिटल्सले घरेलु बलर अकिब डारलाई ८ करोड ४० लाखमा अनुबन्ध गरेको छ। डारका लागि पनि राजस्थान र दिल्लीले प्रतिस्पर्धात्मक बोली लगाएका थिए। काश्मिरका २९ वर्षीय डारले भारतीय घरेलु क्रिकेटमा ३४ टी–२० खेल खेलेर ४३ विकेट लिएका छन्। नयाँ बलमा स्विङ गर्ने उनको कौशल चर्चित छ। लिस्ट ‘ए’ मा पनि उनले २९ खेलमा ४२ विकेट लिएर आफ्नो क्षमताको प्रमाण दिएका छन्। आईपीएल २०२६ को अक्सनले यस्ता धमाकेदार घरेलु युवा खेलाडीहरूलाई ठूलो मूल्यमा पाउँदै प्रतिस्पर्धा र सनसनी दुबै बढाएको छ।