एनपिएल: सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य - barnanmedia.com
Source: bnmm
काठमाडौँ, २७ मङ्सिर: नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई जितका लागि ८६ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्स १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै ८५ रनमा समेटियो । सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ३३ रन जोडे…