सोमबार ६.७४ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब ४४ करोडमाथिको कारोबार - arthasarokar.com
काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक ६.७४ अंकले बढेर २६०१.६१ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ । यस कम्पनीको १४ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजको बजारमा स्वस्तिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यता, हिमस्टार उर्जा कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो । नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।