इजरायली समुद्र अचानक किन देखियो राताम्मे ? - farakdhar.com
Source: FRDH
इजरायलको प्रसिद्ध ‘ग्यालिल सागर’ हालै अस्वाभाविकरूपमा रातो देखिएको छ । यो अनौठो दृश्य देखेपछि स्थानीयवासी र पर्यटकमा आशंका र त्रास फैलिएको थियो । प्रारम्भिक जाँचपछि वैज्ञानिक र अधिकारीहरूले यसको कारण प्राकृतिक भएको पुष्टि गरेका छन् । अनुसन्धानका क्रममा पानीको रंग परिवर्तनको मुख्य कारण बोट्रिओकोकस ब्राउनी नामक एक किसिमको हरियो शैवाल रहेको पत्ता लाग्यो । विश्वव्यापी तापक्रम वृद्धिका कारण सागरको सतहको तापक्रम बढ्दा यो सूक्ष्म शैवाल तीव्र गतिमा वृद्धि भइरहेको छ । जब यसमा सूर्यको किरण पर्छ, शैवालले रातो रंग...