Redirecting...

मुलुकलाई लागूऔषध मुक्त बनाउन गृहमन्त्री लेखकको जोड - www.pardafas.com

मुलुकलाई लागूऔषध मुक्त बनाउन गृहमन्त्री लेखकको जोड - www.pardafas.com
Source: pfds

गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागूऔषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागू औषध नियन्त्रण ब्यूरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागू औषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौतिका रुपमा देखिएको बताए। ‘लागू औषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति गर्छ । त्यसैले हामीले एक वर्षमा लागू औषधविरुद्धको महाअभियान लागू गरेका थियौं । त्यो अभियान सार्थक भएको छ उनले भने,यो अभियानमा आम नागरिकसहित सबैको सहकार्य आवश्यक छ ।’ विगतका वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागू औषध नियन्त्रणमा प्रगति भएको उनको भनाई छ । ‘आगामी दिनमा थप प्रभावकारी ढंगले यो चुनौतिको सामना गर्ने गरी अगाढी बढ्नुपर्छ । स्रोत साधानको कमी भएपनि चहाँदा धेरै काम गर्न सकिन्छ । त्यो यो एक वर्षमा देखिएको छ’ उनले भने। लागूऔषधको बिगबिगी देखिएको भन्दै यसविरुद्धको अभियानमा सरकार सशक्त भएर लाग्ने बताए। ‘युवाहरुमा यसको लत देखिएको छ । देशको भविष्य जोडिएको युवा शक्ति लागू औषधमा फसको देखिएको छ’, उनले भने, “लागू औषधविरुद्धको महाअभियानले परिणाम ल्याएको छ । लागू औषधको अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन । लागू औषधविरुद्ध अभियान चलाउन आवश्यक छ । यो प्रहरीको मात्र होइन । सबै मानिसको जिम्मेवारी पनि हो ।’ यस्तै गृहमन्त्री लेखकले लागू औषध व्यूरोलाई विभागकै रुपमा विकास गरिने बताए। ‘व्यूरोलाई विभागका रुपमा विकास गर्ने मैले प्रतिबद्धता जनाएको छु । मन्त्रालयबाट हुने सहयोग हुन्छ,’ उनले भने। गृहमन्त्रीले लागू औषध व्युरोलाई विभागका रुपमा विकास गर्नका लागि तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापा सहित प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका छन्। त्यसैगरी कार्यक्रममा महानिरीक्षक थापाले लागू औषध व्यूरोलाई विभागका रुपमा विकास गर्ने गृहमन्त्रीको प्रस्ताव सराहनीय रहेको बताए। उनले लामो समयदेखि नेपाल प्रहरी लागूऔषध नियन्त्रणमा मुलुकभर सक्रिय रहेको जानकारी दिए। कार्यक्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापूङ, लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला लगायतको सहभागिता रहेको थियो ।