Redirecting...

पूर्वअर्थमन्त्रीहरू को कहाँबाट उम्मेदवार बने ? - corporatekhabar.com

पूर्वअर्थमन्त्रीहरू को कहाँबाट उम्मेदवार बने ? - corporatekhabar.com
Source: cork

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका मङ्गलबार मनोनयन दर्ता भएको छ । १६५ सिटका लागि देशभरबाट तीन हजार ८९ जना पुरुष, ३९६ महिला र एक जना अन्यसहित तीन हजार ४८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यो सङ्ख्याको सूचीमा नेपालमा ६ जना पूर्वअर्थमन्त्री र एक जना पूर्वअर्थराज्यमन्त्रीको नाम पनि समावेश छ । पूर्व अर्थमन्त्रीसमेत रहिसकेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई गोरखा–२ (प्रगतिशील लोकतान्त्रिक पार्टी), पूर्वअर्थमन्त्री वर्षमान पुन रोल्पा–१ (नेपाली कम्युनिष्ट पार्टी), पूर्वअर्थमन्त्री विष्णु पौडेल रुपन्देही–२ (नेकपा एमाले) बाट उम्मेदवारी दर्ता गरेका छन् । यूस्तै, पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सुनसरी–४ (नेपाली कांग्रेस), पूर्वअर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ रुकुम पश्चिम (प्रगतिशील लोकतान्त्रिक पार्टी) र पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नुवाकोट–१ (नेपाली कांग्रेस) बाट उम्मेदवारी दिएका छन् । यसैगरी, पूर्वअर्थराज्यमन्त्री उदयशमशेर जबराले ललितपुर–१ (नेपाली कांग्रेस) बाट उम्मेदवारी दिएका छन् । १६५ सांसदका लागि तीन हजार ४८६ को उम्मेदवारी, कहिले आउँछ उम्मेदवारहरूको अन्तिम नामावली ? The post पूर्वअर्थमन्त्रीहरू को कहाँबाट उम्मेदवार बने ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.