Redirecting...

देवीदेवता दौडिरहेको एआई भिडिओ टिकटकमा भाइरल, पुरातत्व विभागको चिन्ता - techpana.com

देवीदेवता दौडिरहेको एआई भिडिओ टिकटकमा भाइरल, पुरातत्व विभागको चिन्ता - techpana.com
Source: tcpn

काठमाडौं । पछिल्लो समय टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा देवीदेवता दौडिरहेको एआई निर्मित भिडिओहरू भाइरल भइरहेका छन् । भिडिओमा पोखराको पुम्दीकोटमा रहेको भगवान शिवको मूर्ति उठेर हिँडेकोदेखि काठमाडौंको वसन्तपुर दरबार स्क्वायरस्थित कालभैरव सडकमा टहलिरहेको देख्न सकिन्छ । भिडिओमा विभिन्न धर्मका देवीदेवतालाई आधुनिक पहिरनमा सजिएको, गीत गाएको तथा नृत्य गरेको समेत देखाइएको छ । कतिपय भिडिओमा देवीदेवताले मोटरसाइकल चलाएको, पार्टीमा रमाएको जस्ता दृश्य पनि छन् । यी भिडिओ हेर्दा आकर्षक र मनोरञ्जनात्मक लागे प...