भोजपुरको बालकन्या आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण - ehimalayatimes.com
भोजपुर । भोजपुर नगरपालिका वडा नम्वर १० भैसिपंखाको जिमिगाउँमा रहेको बालकन्या आधारभूत विद्यालयलाई पूर्वअर्थमन्त्री शंकर प्रसाद कोइरालाको टिमले कम्प्युटर हस्तान्तरण गरेको छ । पूर्वमन्त्री कोइराला संरक्षण रहेको ईश्वर मन्दिर काठमाण्डौले विद्यालयमा आयोजित कार्यक्रममा दुई थान कम्प्युटर हस्तान्तरण गर्नुभएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देउप्रकाश राई र निमित्त प्रधानाध्यापक भाईकाजी तामाङलाई पूर्वमन्त्री कोइरालले कम्प्युटर हस्तान्तरण गर्नुभयो । २०१३ सालमा स्थापना भएको विद्यालयको भौतिक अवस्थाको समेत अनुगमन गर्नु हुदै पूर्वमन्त्री कोइरालाले पूर्वाधार निर्माणका लागि सम्वन्धित निकायमा पहल गर्ने बताउनुभयो । सोक्रममा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष कर्ण मोक्तान, निर्माण ब्यवसायी उत्तम खडका लगायतले विद्यालयले यस क्षेत्रका लागि शैक्षिक भुमिका निर्वाह गर्दे आई रहेको बताउँदै विद्यालयका लागि सहयोग निरन्तर रहने प्रतिवद्धता जनाउनुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राईले विद्यालयको अवस्था, कार्ययोजना तथा समस्याका बिषयमा सहभागिहरुलाई जानकारी गराउनुभयो । शैक्षिक सुधारमा राज्यले प्रमृुख भुमिका निर्वाह गर्न जरुरी रहेको बताउँदै अध्यक्ष राईले विद्यालयले शिक्षक ब्यवस्थापनका लागि सहयोगी निकायहरुसँग सहयोग माग्दै कोष समेत बनाउँदै लगेकोले भौतिक पूर्वाधारमा सरकारी लगानी जरुरी रहेको बताउनुभयो । कार्यक्रममा ईश्वर मन्दिर संस्थाका अध्यक्ष प्रमेश केसी, महासचिव संकेत कोइराला, अधिबत्ता रमेश कोइराला, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक दिव्यराज कोइराला, अग्रज पत्रकार निरोज कोइराला, पत्रकार अर्जुत बस्नेत सहित अभिभावक, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।