सिनामंगल स्थित एक काठको गोदाममा आगलागी - nagariknews.nagariknetwork.com
Source: ngrk
काठमाडौंको सिनामंगल गैरीगाउँ स्थित एक काठको गोदाममा आगलागी भएको छ।मंगलबार दिउँसोबाट सुरु भएको आगलागी नियन्त्रणका लागि अहिले प्रहरी र दमकलको टोली घटनास्थलमा खटिएको छ।काठमाडौं महानगरपालिकाका नगर प्रहरीका अनुसार आगोको मुस्लो देखिएपछि महानगरको दमकल तत्काल घटनास्थलतर्फ पठाइएको थियो।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले घरबाट सल्किएको आगो छेउमै रहेको काठ र फर्निचरको गोदाममा फैलिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए।अहिले नेपाल प्रहरी, नगर प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।